मुक्तिनाथ म्युचुअल फन्ड–१ ले इकाईधनीलाई ३.८० प्रतिशतका लाभांश दिने


काठमाडौं – मुक्तिनाथ म्युचुअल फन्ड–१ ले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । फण्डले करसहित ३.८० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

योजना व्यवस्थापनको साउन २० गते बसेको मुक्तिनाथ क्यापिटलको सञ्चालक समितिको १५२ औं बैठकले सो दरमा लाभांश वितरण गर्ने स्वीकृति दिएको हो ।

लाभांश वितरण प्रयोजनार्थ फण्डले साउन ३० गते बुक क्लोज गर्ने भएको छ। जसमा साउन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।