काठमाडौं – पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या बढेसँगै विप्रेषण आप्रवाह (रेमिट्यान्स) को मात्रा पनि बढ्न थालेको छ । अझ पछिल्लो समय वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउने क्रम बढेसँगै रेमिट्यान्सको मात्रा आंकलनमा यसले थप टेवा पुर्याएको छ ।
केन्द्रीय बैंककाे तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५३२ अर्ब ९३ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७. २ पतिशतले बढेको थियो । २०८२ जेठ महिनाको विप्रेषण आप्रवाह १७६ अर्ब ३२ करोड रूपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १२८ अर्ब ९१ करोड रूपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६६८ अर्ब ३० करोड रूपैयाँ पुगेको छ ।

चालु आवको ११ महिनामध्ये सबैभन्दा बढी रेमिट्यान्स जेठ र सबैभन्दा कम कात्तिकमा आएको देखिन्छ । जेठमा एक खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ तथा कात्तिकमा एक खर्ब १४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । चालु आवको पहिलो महिना साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ आएको थियो ।
यस्तै, भदौमा एक खर्ब २६ अर्ब २१ करोड रुपैयाँ, असोजमा एक खर्ब ४४ अर्ब १७ करोड, मंसिरमा एक अर्ब १८ अर्ब ८० करोड, पुसमा एक खर्ब २२ अर्ब ६५ करोड, माघमा एक खर्ब ३७ अर्ब पाँच करोड, फागुनमा एक खर्ब ५१ अर्ब १९ करोड, चैतमा एक खर्ब ३९ अर्ब ५४ करोड, वैशाखमा एक खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो ।



About Us
प्रतिक्रिया