जगदम्बा मोटर्सद्वारा ‘नाइमा मोबिलिटी एक्स्पो’मा विशेष अफरसहित प्रोटोन इमास ७ को प्रदर्शनी


काठमाडौं प्रोटोनको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नाइमा मोबिलिटी एक्स्पो २०२५ मा सहभागी भएको छ । नेपालको दिगो मोबिलिटी भविष्यप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दै कम्पनीले एक्स्पोमा सहभागिता जनाएको हो।कार्यक्रममा कम्पनीले नयाँ प्रविधियुक्त प्रोटोन इमास ७ मा विशेष अफरहरूको घोषणा गर्दै देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ । यस वर्षको सुरुवातमा, मलेसियाको पहिलो विद्युतीय सवारी प्रोटोन इमास ७ नेपाल निर्यात गरेर इतिहास रचिएको थियो, यो मोडलले मलेसियामा आफ्नो सेगमेन्टमा नम्बर १ इभीको स्थान हासिल गरिसकेको छ ।

जगदम्बा मोटर्स, जसले अटोमोबाइल उद्योगमा १४ वर्षभन्दा बढीको अनुभव बटुलेको छ, सन् २०१८ को नोभेम्बरदेखि नेपालमा प्रोटोन गाडीहरूको आधिकारिक वितरकको रूपमा कार्य गर्दै आएको छ ।  सन् २०२५ सकिदासम्म देशभर १२ वटा सोरूम र सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना कम्पनीको छ । ताकि प्रोटोनका गाडी र सेवा नेपालभर सहज रूपमा उपलब्ध गराउन सकियोस् । जसमध्ये हाल ३ वटा शोरुमबाट ग्राहक सेवा प्रदान भइरहेको छ । शंकर ग्रुपमार्फत व्यापक इभी इकोसिस्टम निर्माण गर्न विभिन्न पहलहरू गरिएको छ । यस अन्तर्गत निम्नअनुसारका सेवाहरू उपलब्ध गराइनेछन् :

१. प्रामाणिक स्पेयर पार्ट्स ।

२. आधुनिक डाइग्नोस्टिक उपकरणहरू ।

३. प्रोटोन र गिलीद्वारा प्रमाणित पूर्ण रूपमा तालिमप्राप्त प्राविधिकहरूको सेवा ।

४. सरल र सहज वारन्टी दाबी प्रक्रिया ।

५. चार्जिङ स्टेसन ।  

यी व्यवस्था ग्राहकका सबै आवश्यकताहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने र सेवा प्रदानमा उच्चतम स्तर कायम राख्ने उद्देश्यले तयार गरिएको कम्पनीले जनाएको छ । 

नाइमा मोबिलिटी एक्स्पोमा विशेष रूपमा घोषणा गरिएका प्रारम्भिक अफरहरू

जगदम्बा फाइनान्सिङमार्फत ४ वर्षको लागि शून्य प्रतिशत ब्याजदर, जसअन्तर्गत ६० मिनेटभित्र ऋण स्वीकृत गरिन्छ। 

ब्याट्रीमा ८ वर्षको अनलिमिटेड माइलिज वारन्टी ।

२.९९ लाखको सिधा नगद छुट, साथै थप सुविधाहरू ।

एक्सचेन्जमा उत्कृष्ट मूल्याङ्कन, तपाईंको पुरानो गाडीको उच्चतम मूल्य सुनिश्चित ।

निःशुल्क अटो प्लस बिमा, व्यापक कभरेज प्रदान ।

इमास असिस्टेन्ट प्लस, जसमा प्रिमियम रोडसाइड सहायता सेवा र तत्काल सहयोगका लागि विशेष ह्वाट्सएप ग्राहक सहायता च्याट समावेश । जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘प्रोटोन एमास ७ को आगमन र हाम्रो सेवा सञ्जालको विस्तारसँगै, हामी प्रत्येक नेपाली ग्राहकका लागि विद्युतीय सवारीलाई अझ पहुँचयोग्य, भरपर्दो र आकर्षक बनाउन प्रतिबद्ध छौँ ,’ जगदम्बा मोटर्स नवीन प्रविधियुक्त सवारीहरू जस्तै प्रोटोन इमास ७ नेपाली बजारमा ल्याउन र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको छ ।  जसले नेपालको दिगो मोबिलिटी यात्रामा महत्वपूर्ण योगदान पुर्‍याउँछ र प्रत्येक नेपाली ग्राहकलाई उत्कृष्ट गाडी स्वामित्व अनुभव सुनिश्चित गर्छ । ग्राहकहरूलाई नैमा एक्स्पोको स्टल एल ५–हल बी मा पुगेर प्रोटोन इमास ७ को प्रत्यक्ष रूपमा अनुभव गर्न आमन्त्रण गर्दछौं ।