हालसम्मकै उच्च बिन्दुमा पुगेर १ सय रुपैयाँले घट्यो सुनको मूल्य 


काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । मूल्य घटेसँगै आज प्रतितोला सुन १ लाख ९८ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

मंगलवार सुनको मूल्य हालसम्मै उच्च बिन्दुमा पुगेर प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २३ सय ५ रुपैयाँ कायम भएको छ। मंगलवार चाँदी तोलामा २२ सय ८० रुपैयाँमा किनबेच भएको थियो।