काठमाडौं – अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मोबिलिटी क्षेत्रलाई थप व्यवस्थित बनाउनका लागि सरकारले निरन्तर काम गरिरहेको बताएका छन् । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’को उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले सरकारले सडक निर्माण गर्दा गुणस्तरमा पनि जोड दिइरहेको बताउँदै चालु आर्थिक वर्षको बजेटमा नै पनि सडकको गुणस्तर सुनिश्चित गर्ने उल्लेख गरिएको बताए । उनले स्थापना भएको पहिलो वर्षमै नाइमाले अटो शो गरेर आफ्नो स्थापनाको औचित्य पुष्टि गरेको समेत उल्लेख गरे।
उनले सडक पुर्वाधार सरकारको उच्च प्राथमिकताको विषय रहेको बताए ।‘आजको दुनियाँ कनेक्टिभिटिको दुनियाँ हो । कनेक्टिभिटिको विभिन्न विधा मध्ये सडक सञ्जाल एक विधा हो’ उनले भने ‘ यस क्षेत्रलाई हामीले महत्वका साथ हेर्नुपर्छ भनेर सरकारले काम गरिरहेको छ ।’






About Us
प्रतिक्रिया