काठमाडौं – उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको साउन १७ गते विशेष साधारण सभा सम्पन्न भएको छ। संस्थाको गत असार ३१ गते बसेको सञ्चालक समितिको २३९ औं बैठकको निर्णयअनुसार सो सभा रूपन्देहीको भैरहवास्थित एशियन बुद्ध होटलमा बिहान १० बजे सभा सम्पन्न भएको हो ।
सभाले प्रमुख रूपमा शेयर संरचना परिवर्तन सम्बन्धी प्रस्ताव पारित गरेको छ । जसमा संस्थापक तर्फको शेयर स्वामित्व परिर्वतन गरी ६२.४१ प्रतिशत कायम गर्ने तथा सर्वसाधारण तर्फको ३७.५९ प्रतिशत कायम गर्नेगरी वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गरी पारित गर्ने भएको छ ।
उक्त सभा प्रयोजनका लागि कम्पनीले साउन ७ गते बुक क्लोज गरेको थियो जसमा साउन ६ गतेसम्म कायम रहेका शेयरधनीहरू मात्र सो सभामा भाग लिन योग्य हुने कम्पनीले जनाएको थियो ।



About Us
प्रतिक्रिया