काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मुल्यमा पुगेको हो ।
यससँगै आज सुन तोलामा १ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलामा १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। त्यसयता घटेको सुनको मूल्य फेरि अहिलेसम्मकै उच्च बनेको हो।
आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २२ सय ८० रुपैयाँ कायम भएको छ। आइतवार चाँदी तोलामा २२ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।






About Us
प्रतिक्रिया