शेयर बजारमा भारी गिरावट, कारोबार रकम  १३ अर्ब आसपास 

‘बैंकिङ्ग समूहमा ३३ दशमलव ९६ अंकको गिरावट’


काठमाडौं – आज साताको  पहिलो कारोबारको दिनमै शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ६५ दशमलव २० अंकले घटेर बजार २८ सय ५७ दशमलव ४३ को विन्दुमा कायम भएको छ । आज १६ कम्पनीको शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१९ कम्पनीको ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब आसपास शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल  रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७५ करोड २२ लाख माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ट्रेड टावर कम्पनी र शिव श्री हाइड्रोपावरको  लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् ।  आज सबैभन्दा धेरै सान्भि इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।