आरएसडिसी लघुवित्तको सीईओमा पौडेल पुनः नियुक्त 


काठमाडौं – आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा धुव कुमार पौडेल पुनः नियुक्त हुने भएका  छन् । 

साउन १७ गते बसेको सञ्चालक समितिको १७५ औँ  बैठकको निर्णयअनुसार पौडेलाई  उक्त पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । 

उनको कार्यकाल आउँदो  भदौ १० गतेदेखि लागू हुने ४ वर्ष रहने कम्पनीले जनाएको छ । साथै, पौडेल सीईओका   साथै कम्पनी सचिवमा समेत पुनः नियुक्त हुने भएका छन् ।