काठमाडौं – अबदेखि शेयर कारोबार गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ ।
नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान (केवाईसी) लाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गर्न निर्देशन दिएसँगै नेपाल स्टक एक्सचेन्जले कारोबार सदस्यहरू (धितोपत्र दलाल, आरटीएस, सीडीएस एन्ड क्लियरिङ हाउस) लाई परिपत्र गर्दै केवाईसी फाराममा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न निर्देशन दिएको हो ।
ग्राहकले राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा केवाईसी विवरण भर्नुपर्ने छ भने हालसम्म नागरिकता तथा नागरिकता नम्बरका आधारमा केवाईसी फारम भरिँदै आएको थियो । यस्तै, यसअघि कारोबार खाता खोली कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) प्रयोग गरिरहेकालाई पनि राष्ट्रिय परिचय पत्र नम्बर उपलब्ध गराउनेगरी काम गर्न नेप्सेले निर्देशन दिएको छ ।



About Us
प्रतिक्रिया