कर्णाली विकास बैंक घोटालामा थप खुलासा, अर्बौं अपचलनमा माथिल्लो तहका कर्मचारीका परिवार संलग्न


काठमाडौं – कर्णाली विकास बैंकको ठुलो रकम घोटाला प्रकरणमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र वीर रायसहित माथिल्ला तहका कर्मचारीहरूले आफ्ना परिवार र नातेदारमार्फत बैंकको करोडौँ रकम हिनामिना गरेको खुल्न आएको छ। यस प्रकरणमा बैंकका तत्कालीन सीईओ राजेन्द्र वीर राय, निरज विक्रम शाह, दिनेश कुमार रावत, वेद प्रकाश सिंह ठकुरी, मान कुमारी चौधरी पवन सिंह थारु, भुजुनी थरुनीलगायतका कर्मचारीहरूले आफ्ना आफन्त र परिवारका सदस्यहरूको व्यक्तिगत खातामा रकम जम्मा गराउँदै बैंकको रकम हिनामिना गरेको अनुसन्धानबाट खुल्न आएको हो ।

रायको गौमती गुरुङ (साली), इन्द्रकली गुरुङ (साली) सागर थापा (साडु भाइ), दिपा थापा (भान्जी), दिनेश कुमार रावत (भान्जी ज्वाइँ) र नर्जित बस्नेत (भान्जा) बैंकको रकम अपचलनमा संलग्न रहेका छन् । मान कुमारी चौधरीको मान बहादुर चौधरी (भाइ) सिता बुढाथोकी (भाइ बुहारी) उर्मिला कुमारी थारु (भाउजू)  पनि यस बैंकको रकम अपचलनमा संलग्न रहेका छन् । वेद प्रकाश सिंह ठकुरीको श्रीमती लता शर्मा पनि यस प्रकरणमा संलग्न रहेकी थिइन् । 

तत्काली प्रमुख कार्यकारी अधिकृत निरज विक्रम शाहको भाइ समिर विक्रम शाह र सालो साैरभ श्रेष्ठ पनि यस अपचलनमा संलग्न रहेका छन् । पवन सिंह थारुको श्रीमती भुजुनी थरुनी पनि यस घोटालामा संलग्न रहेकी छिन् । भने थरुनीको भाइ समज लाल चौधरी र बहिनी  सितल चौधरी यस प्रकरणमा संलग्न  रहेका छन् । तत्कालीन प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतको श्रीमती दिपा थापा र दाइकी छोरी  एलिना आर सी पनि संलग्न रहेको खुल्न आएको छ।  यसरी आफन्तजनको खातामा पैसा सारेर झन्डै दुई अर्बभन्दा बढी रकम बैंकबाट हिनामिना गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।