गरिमा समृद्धि योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले ?


काठमाडौं –  गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित गरिमा समृद्धि योजनाले गत आर्थिक वर्षका लागि आफ्ना इकाईधनीहरुलाई  वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले कर सहित ५.१० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

साउन १५ गते बसेको  योजना व्यवस्थापक कम्पनी  गरिमा क्यापिटलको सञ्चालक समितिको ८१ औँ बैठकले सोदरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। साथै, सो बैठकले लाभांश वितरणका लागि साउन २७ गते मंगलवार ईकाइधनी दर्ता किताब (बुकक्लोज) गर्ने निर्णय गरेको छ।

यसअनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन् कम्पनीले जनाएको छ । यस योजनाको कोष प्रवर्द्धकमा गरिमा विकास बैंक लिमिटेड रहेको छ।