खानी खोला हाइड्रोपावरले भदौ ३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दै


काठमाडौं – खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आउँदो भदौ ३ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार १० गते अनुमति पाएसँगै सो शेयर निष्कासन गर्न लागेको हो । 

हकप्रद शेयर निष्कासनका लागि कम्पनीले गत असार २७ गते एक दिन बुक क्लोज गरिसकेको छ। जसमा असार २६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा यस कम्पनीको शेयर किनेकाले मात्रै सो हकप्रदमा आवेदन दिन सक्नेछन्।

यो कम्पनीको १ कित्ता साधारण शेयर हुनेले नयाँ १ कित्ता हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन आउँदो भदौ ३ गतेदेखि भदौ २३ गतेसम्म दिन सक्नेछन् । हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।