काठमाडौं – कर्णाली विकास बैंक घोटाला प्रकरणमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले कार्यकालको दौरानमा विभिन्न ‘क’ वर्गका बैंकहरू प्रयोगगरी कूल २७ करोड ८३ लाख रुपैयाँ अपचलन गरेको खुल्न आएको छ।
रावतले हिमालयन बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, सेन्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु बैंकजस्ता प्रतिष्ठित बैंकहरूबाट चेक प्रयोग गरेर रकम निकासी गरी व्यक्तिगत लाभका लागि दुरुपयोग गरेको हुन् ।






About Us
प्रतिक्रिया