पछिल्लो समय ग्लोबल आईएमई बैंक नेपालमा रेमिट्यान्स पठाउनको लागि एक भरपर्दो माध्यमको रूपमा स्थापित हुँदै गएको छ। विभिन्न देशमा रहेर नेपालमा भरपर्दो रूपमा रेमिट्यान्स पठाउन चाहनेहरूका लागि बैंक साझेदार बन्दै आएको छ। विश्वभर १५० भन्दा बढी देशहरूसँगको साझेदारी र प्रविधिमैत्री सेवा प्रणालीमार्फत बैंकले वैदेशिक रोजगारबाट स्वदेशमा पैसा पठाउने कार्यलाई सुरक्षित, पारदर्शी र भरपर्दो बनाउँदै आइरहेको छ । बैंकले पछिल्लो समय खातामै रेमिट्यान्स पठाउनका लागि पहल पनि गर्दै आइरहेको छ । यी र यस्तै, विषयमा सम्बन्धित रहेर ग्लोबल आईएमई बैंकका लागि दुबईका क्षेत्रीय प्रतिनिधि गणेश बहादुर कार्कीसँग बैंकिङ्ग समाचारले गरेको कुराकानीको सम्पादित अशंः-
तपाईँ कति समयदेखि दुर्बइमा रहेर ग्लोबल आईएमई बैंकको क्षेत्रगत प्रतिनिधिको रूपमा काम गर्दै आउनुभएको छ ?
विगत ३ वर्षदेखि बैंकसँग आबद्ध भएर दुर्बबाट रेमिट्यान्ससँग सम्बन्धित काम गर्दै आइरहेका छु । हामीले यहाँबाट नेपाल रेमिट्यान्स पठाउनका लागि एक्सचेन्ज हाउस र हाम्रो डिजिटल प्लेटफर्म ‘माइ जोय’ एपका माध्यमबाट सहजीकरण गर्ने लगायतका काम गर्दै आएका छौँ ।
अहिलेको डिजिटल प्रविधियुक्त परिवेशमा ग्लोबल आईएमई बैंकले खातामै रेमिट्यान्स पठाउन भनेर पहल गरिरहेको छ । अहिले सो अभियानमा सहभागिताको अवस्था कस्तो छ ?
विगतको तुलनामा अहिले डिजिटल रूपमा खातामै रेमिट्यान्स पठाउने क्रम बढेको छ । पहिले नाममा पैसा पठाउने क्रम धेरै थियो भने अहिले घटेको छ । यहीबाट अनलाइन ग्लोबल आईएमई बैंकमा खाता खोलेर, नेपालमा रहेका परिवार, आफन्त, साथीभाइहरूलाई पनि खाता खोल्न लगाएर एक्सचेन्ज हाउस, डिजिटल एपहरूबाट खातामै रेमिट्यान्स पठाउने क्रम बढ्दो छ ।
यसरी बुझ्न सकिन्छ ? अहिले दुबईमा रहेर रेमिट्यान्स पठाउनेहरूमा ग्लोबल आईएमई बैंकबाट बैंक खातामै पैसा पठाउने दर उच्च छ ?
पहिला नाममै पैसा पठाउने धेरै थिए । अहिले खातामै रेमिट्यान्स पठाउनेको सङ्ख्या उलेख्यरूपमा बढेको छ ।
ग्लोबल आईएमई बैंकमा अनलाइन मार्फत रेमिट्यान्स पठाउनका लागि खाता खोल्ने लगायतका पक्रिया के-के छन् ?
नेपालबाट विदेश आउने क्रममै नेपालमै ग्लोबल आइएमई बैंकबाट खाता खोल्न पनि सकिन्छ । र, नेपालमा खाता नखोल्नु भएकाहरूले यही अनलाइनबाट खाता खोल्न सक्नुहुन्छ । अनलाइनबाट सजिलैसँग खाता खोल्नुका साथै मोबाइल बैंकिङ्गको सुविधामा पनि लिन सक्नुहुन्छ ।
‘केवाइसी’ भेर्रिफिकेशन पनि सजिलै, छिट्टै हुन्छ ?
तत्कालै सेल्फ भिडियो केवाइसीबाट पनि गर्न सकिन्छ । सेल्फ भिडियो केवाइसीबाट भेरिफिकेसन गर्दा छिट्टै सजिलै हुन्छ, खाता नम्बरहरू पनि उही समयमा पाउन सकिन्छ।
यहाँहरूले अनलाइन मार्फत खातामै रेमिट्यान्स पठाउनका लागि नेपालीहरूलाई सहयोग गरिरहनुभएको छ । त्यसमा सेवाग्राहीहरूले चुनौतीहरू झेलिरहेका छन् जस्तो लाग्छ? कस्तो प्रतिक्रियाहरू पाउनुभएको छ?
खातामै पैसा पठाउनका लागि चाहिँ केही समस्याहरू छैन । यहाँबाट एक्सचेन्ज हाउसहरूबाट, होस् या डिजिटल प्लेटफर्मबाट पैसा पठाउँदा होस् उहाँहरूको तत्काले खातामा क्रेडिट हुन्छ ।
दुबईको जुनसुकै शहरबाट डिजिलमाध्यमको प्रयोग गरेर रेमिट्यान्स पठाउँदा तत्कालै खातामा पुग्छ? मोबाइल बैंकिङ्गको माध्यमबाट तत्कालै हेर्न मिल्छ ?
यहाँबाट खातामा रेमिट्यान्स पठाउँदा तत्कालै खातामा जम्मा हुन्छ । र, मोबाइल बैंकिङ्गको माध्यमबाट हेर्न पनि मिल्छ। हाम्रो बैंकको एक्सचेन्ज हाउसहरू अल फरदान एक्सचेन्ज, आधि एक्सचेन्ज, अलजजिरा एक्सचेन्ज, यु रेमिट्यान्स,प्रगति एक्सचेन्ज, अल अन्सारी एक्सचेन्ज, लारी एक्सचेन्जहरू छन् । यी एक्सचेन्जहरूको माध्यमबाट आफ्नो खाता खोलेर होस् या आफन्तहरूको खाता खोलेर पैसा पठाउनुभयो भने, सोही समयमै खातामा पैसा क्रेडिट हुन्छ । थप हाम्रो डिजिटल प्लेटफर्म माइ जोय एपबाट नाम, वालेट वा खातामा सजिलै पैसा पठाउन सकिन्छ।
माइ जोय कस्तो एप हो ? यसमा कसरी आबद्ध हुन सकिन्छ ?
माइ जोय एपमा आबद्ध कम्पनीहरूले मात्र रेमिट्यान्स पठाउन सक्नुहुन्छ । नेपालीहरूले काम गर्दै आउनुभएको कम्पनी एपसँग आबद्ध छन् भने मात्र पैसा पठाउन सकिन्छ ।
तपाईँ ३ वर्षदेखि कम्पनीमा आबद्ध हुनुहुन्छ ? खाताबाटै रेमिट्यान्स पठाउनेहरू कतिको मात्रामा बढेका छन् ?
अहिले खाता र नाममा रेमिट्यान्स पठाउने क्रम ५०/५० प्रतिशत छ । खातामै रेमिट्यान्स पठाउने ५० प्रतिशत छन् । अझै त्यो क्रम बढ्दो छ ।
ग्लोबल आईएमई बैंकको माध्यमबाट पछिल्लो ३ वर्षदेखि नेपालमा रेमिट्यान्स जाने मात्रा कस्तो छ ? भोल्युमसँगै ट्रान्जेक्सन कतिको बढेको पाउनु भएको छ ?
पछिल्लो ३ वर्षमा ट्रान्जेक्सनका साथै भोल्युमसँगै पनि बढेको छ । पछिल्लो समय दुवइ नेपालीहरूको ट्रान्जिक्ट पोइन्ट बनेको छ । जसकारण रेमिट्यान्सको मात्रा पनि बढेको छ ।
ग्लोबल आईएमई बैंकले दिँदै आएको ‘टेवा’ कर्जामा कतिको सहभागिता बढ्दै छ ?
पछिल्लो समय टेवा कर्जा लिएर आउनेहरूको क्रम बढ्दो छ । यहाँ आउँदा टेवा कर्जा लिएर आउनुहुन्छ, पछि खातामा रेमिट्यान्स पठाएर ब्याजहरू तिर्नुहुन्छ।
विदेश आउँदा टेवा कर्जा लिन चाहनुहुन्छ भने कसरी लिन सकिन्छ ?
जो नेपालबाट विदेश आउँदै हुनुहुन्छ । उहाँहरूले नजिकैको शाखाबाट जानकारी लिएर कर्जा लिन सक्नुहुन्छ । टेवा कर्जा १ लाख ५० हजारसम्म लिन सकिन्छ ।
ग्लोबल आईएमई बैंकले डिजिटल माध्यमबाट नेपालमा रेमिट्यान्स पठाउनका लागि निकै सहनीय काम गर्दै आएको छ । यहाँहरूसँग आबद्ध संघ–संस्थाहरू कति छन् ?
हामीसँग अहिले ७ वटा संस्थाहरू आबद्ध छन् । जसमा एउटा डिजिटल एप छ । अरू बाँकी एक्सचेन्जहरू हुन् । जसमा अल फरदान एक्सचेन्ज, आधि एक्सचेन्जअ, अलजजिरा एक्सचेन्ज, यु रेमिटेन्स, प्रगति एक्सचेन्ज, अल अन्सारीएक्सचेन्ज, लारी एक्सचेन्जहरू रहेका छन् । एक्सचेन्जहरुमा गएर पनि रेमिट्यान्स पठाउन सकिन्छ । यस्तै, जसको कम्पनीहरू माइ जोवय एपमा आबद्ध छन्, उहाँहरूले घर बसेरै पैसा पठाउन सक्नुहुन्छ।
अन्त्यमा, जो दुबईमा रहेर काम गरेर नेपालमा रेमिट्यान्स पठाइरहनु भएको छ । उहाँहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ ?
जसले हामीसँग आबद्ध भएर खातामै पैसा पठाइरहनु भएको छैन, उहाँहरूलाई पनि आबद्ध हुन आग्रह गर्दछु । अहिले दुई/चार पैसा हेरेर अरूबाट पैसा पठाइरहनु भएको छ। यदि यहाँहरूले खातामै पैसा पठाउनुभयो भनेपछि गएर ऋण लिन वा अन्य कार्यका लागि रेमिट्यान्स पठाएको हिस्ट्रीले सहयोग गर्छ।





About Us
प्रतिक्रिया