काठमाडौं – नेपाल राष्ट्र बैंकले गैह्रबैंकिङ्ग सम्पत्ति र कालोसूचीमा पर्नेहरू बढ्दा सजग हुनुपर्ने स्थिती सिर्जना भएको बताएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूको निष्कृय कर्जा अनुपात बढ्दा सजग रहनुपर्ने स्थिति आएको बताएको हो ।
केन्द्रीय बैंकले बैंकिङ्ग क्षेत्रमा तरलता पर्याप्त रहेको कारण निक्षेप र कर्जाको भारित औसत ब्याजदरहरू घट्दो क्रममा रहेको उल्लेख गरेको छ । औसत मुद्रास्फीतिभन्दा निक्षेपको औसत ब्याजदर उच्च रहेको भन्दै बढ्दो तरलता र घट्दो ब्याजदरको लाभ अर्थतन्त्रले लिन सक्ने स्थितिमा रहेको बताएको छ ।
यस्तै, राष्ट्र बैंकले वित्तीय सेवामा नागरिकको गुणस्तरीय पहुँच अभिवृद्धि गर्न, साधनलाई पुँजी निर्माणमा प्रोत्साहित गर्न र वित्तीय प्रणाली स्वस्थ र सबल बनाउन नीतिगत, संरचनात्मक र कार्यगत सुधार आवश्यक देखिएको उल्लेख गरेको छ । यसका लागि तथ्य र सम्वादमा आधारित नीति निर्माण, अन्तर्राष्ट्रिय असल अभ्यासअनुरूपको विवेकशील नियमन, प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ्ग प्रणालीको विकासमा जोड दिनु आवश्यक रहेको बताएको हो । यस्तै, बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने सेवालाई क्रमिक रूपमा विशिष्टीकृत गर्दै बैंक तथा वित्तीय संस्थाहरूको वर्गीकरण र कार्यदायरामा पुनरावलोकन गर्न आवश्यक देखिएको बताएको छ ।






About Us
प्रतिक्रिया