काठमाडौं – कर्णाली विकास बैंक घोटला प्रकरणमा राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन सिंह बस्नेतले बयान दिएका छन् । अर्बौं रुपैयाँको वित्तीय अनियमितता र अपचलन प्रकरणमा बस्नेतको संलग्नता देखिएको हो ।
बैंकभित्र भएको गैरकानुनी हकप्रद शेयर कारोबार, नगद अपचलन र अन्य अनियमिततालाई ढाकछोप गर्न आइफोन र १० लाख रुपैयाँ घुस लिएको केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदनमा उल्लेख छ।
उनले नै राजेन्द्र वीर राय आइफोन उपहार लिएको स्वीकार गरेका हुन् ।
यस्तो छ प्रतिवादी भूवन सिंह बस्नेतको बयानको छोटकरी विवरण
म नेपाल राष्ट्र बैंकमा २०४५/११/७ गतेबाट सहायक पदबाट काम गर्न सुरु गरी बढुवा हुदै २०७५ साल जेष्ठमा कायम मुकायम निर्देशक भएको थिए । मैले २०७५/११/०८ गते कायम मुकायम निर्देशक पदबाट अनिवार्य अवकाश पाएको हुँ । मैले नेपाल राष्ट्र बैंकमा रहदा विदेशी विनियम विभाग हुँदै अन्तमा वित्त कम्पनी सुपरिवेक्षण विभागमा रही काम गरेको थिए । कर्णाली डेभलपमेण्ट बैंक लि.मा २०७५/०१/२७ गते देखी २०७५/०२/०२ गते सम्म स्थलगत अनुगमन निरीक्षणमा सहायक निर्देशक टेकराज भण्डारी टोली प्रमुख र सहायक निर्देशक राजन प्रसाद रेग्मी सदस्य भई खटिएका, म सो टोलीको सुपरभाईजर मात्र रहेको हुँदा म सो स्थलगत निरीक्षणमा खटिएर आएको थिईन । राष्ट्र बैंकमा नै रहेर रिपोर्ट लिएको थिए । निज टेकराज भण्डारी र राजन प्रसाद रेग्मी कर्णाली डेभलपमेण्ट बैंक लि.मा स्थलगत रुपमा निरीक्षणको लागी खटिई आई अनुगमन निरीक्षण गरी मलाई रिपोर्टिङ गर्ने गरेका थिए । सो समयमा म नेपाल राष्ट्र बैक वित्तीय संस्था सुपरिवेक्षण विभागमा कार्यरत रहेको थिए । विकास बैंकहरुमा अनुगमन निरीक्षणको लागी म कार्यरत रहेको वित्तीय संस्था सुपरिवेक्षण विभागबाट खटाउने गरिएको थियो । सो विभागको कार्यकारी निर्देशकले अनुगमन निरीक्षणको लागी खटाउने गरेका थिए । मिति कर्णाली डेभलपमेण्ट बैंक लि. नेपालगंज, बाँकेको २०७५/०१/२७ गते देखी २०७५/०२/०२ गते सम्म स्थलगत अनुगमन निरीक्षण गर्नुको मुख्य उदेश्य नेपाल राष्ट्र बैंकबाट बिगतमा मिति २०७३/१२/१ देखी २०७३/१२/१२ सम्म गरिएको समष्टिगत स्थलगत निरीक्षणबाट दिईएका निर्देशनहरुको कार्यान्वयनको अवस्था बारेमा अनुगमन गर्नु तथा उक्त अवधिको प्रमुख वित्तीय अवस्थाको समिक्षा गर्नु रहेकोमा मेरो टिमले उदेश्य अनुसारको काम गरेको थियो । म फिल्डमा प्रत्यक्ष रुपमा नखटिएको हुँदा टोली प्रमुख र सदस्यबाट प्राप्त भएको प्रतिवेदनमा चुक्ता पुँजी पुगेको भनी उल्लेख गरेको हुँदा सोही अनुसार प्रतिवेदन तयार भएको । साथै हाम्रो निरीक्षणको उदेश्य बिगतको निरीक्षणको प्रतिवेदनको कार्यान्वयनको पक्षको एकिन गर्नको लागी खटिएको हुँदा सो विषय बस्तुको बारेमा नहेरिएको ।। सो कुरा बिस्तृत निरीक्षण टोलीले हेर्नु पर्ने हो । लेखा परीक्षण कुरा नेपाल राष्ट्र बैंकबाट हुने समष्टिगत स्थलगत निरीक्षण टोलीले हेर्ने गर्दछ । अनुगमनमा खटिने टोलीको कार्य दिन जम्मा ३ दिन मात्र रहेको हुँदा सबै कुरा नभ्याईने भएको हुँदा समष्टिगत स्थलगत निरीक्षण टोलीले हेर्ने गर्दछ । लेखा परीक्षण, Call Acoount हरुमा रहेको नगद मौज्दातहरु (Opening & closing Balance) जस्ता कुरा नेपाल राष्ट्र बैंकबाट हुने समष्टिगत स्थलगत निरीक्षण टोलीले हेर्ने गर्दछ । अनुगमनमा खटिने टोलीको कार्य दिन जम्मा ३ दिन मात्र रहेको हुँदा सबै कुरा नभ्याईने भएको हुँदा समष्टिगत स्थलगत निरीक्षण टोलीले हेर्ने गर्दछ । हामीले समयले भ्याय सम्म आकस्मिक रुपमा भल्टको निरीक्षण गर्ने गर्दछौ । म २०७५/११/०६ गते अवकाश हुनु भन्दा १ महिना अगाडी बिदा बसेको समयमा कर्णाली डेभलपमेण्ट बैंक लि.का कर्मचारीहरुलाई बिहान ०८:०० बजे देखी साझ १६:४० बजे सम्म २ दिन सम्म तालिम दिएको थिए । सो भौचरमा उल्लेखीत रकम मध्ये सन् २०१९/०२/१३ मा उल्लेखित रकम रु. रु. १,००,०००.००(एक लाख)तालिम प्रदान गरे बापतको पारिश्रमिक हो र सन् २०१९/०२/०८ मा मेरो खातामा आएको रु. ५०,०००.००(पचास हजार)को सम्वन्धमा मेरो श्रीमती कबिता के.सी.को नाममा रहेको बा ४ च ७८२६ नं.को सेन्ट्रो गाडी मैले २०७५ सालको माघ महिनामा राजेन्द्र वीर रायसँग मेरो गाडी विक्री गर्ने कुरा गरेकोमा निज राजेन्द्र वीर रायले मेरो गाडी कर्णाली डेभलपमेण्ट बैंक लि. को नाममा रु.८,२५,०००.००(आठ लाख पच्चिस हजार) मा खरिद बिक्री गर्ने कुरा गरी मेरि श्रीमतीको नामको बा ४ च ७८२६ नं.को सेन्ट्रो गाडी बिक्री बापतको रु. ५०,०००.००(पचास हजार) मेरो खातामा जम्मा गरिएको हो । मेरो खातामा सन् २०२०/०९/०२ मा कर्णाली डेभलपमेण्ट बैंक लि.को खातामा रु. ४२,५००.०० र रु. ४२,५००.०० गरी रु.८५,०००.००(पचासी हजार) मैले कर्णाली डेभलपमेण्ट बैंक लि.का कर्मचारीहरुलाई प्रशिक्षण दिए बापतको पारिश्रमिक हो । सन् २०१९/०२/०७ मा मेरो खातामा जम्मा भएको रु. ७,४९,२५०.०० मेरो श्रीमतीको नामको गाडी बिक्री गरे बापतको रकम जम्मा गरिदिएको हो ।सन् २०१९/०२/०३ मा मेरो खातामा जम्मा भएको रु.१,००,०००.००(एक लाख) के कुन प्रयोजनको लागी जम्मा गरिदिएका हुन मलाई याद भएन ।सो भौचरमा प्रयोजन नखुलाई जम्मा गरिएको हुँदा मलाई याद भएन । मैले नेपाल राष्ट्र बैंकको निरीक्षण तथा सुपरिवेक्षण नियमावली २०७४(दोस्रो संशोधन २०८०) तथा नेपाल राष्ट्र बैंक कर्मचारी विनियमवाली २०६८ (तेस्रो संशोधन २०७४ ) बिपरितको कार्य गरेको छैन । एकाउण्ट पेयी चेक मार्फत गर्नु पर्ने अनिवार्य थियो । एकाउण्ट पेयी चेक मार्फत कारोबार नगरी सिधै मेरो खातामा जम्मा गर्नु कर्णाली डेभलपमेण्ट बैंक लि.को गलत हो । म अवकाश पश्चात कर्णाली डेभलपमेण्ट बैंक लि.का कर्मचारीसँग अविच्छिन रुपमा सम्पर्कमा रहेको छैन । अवकाश पश्चात एक पटक र बहाल रहदा एक पटक प्रशिक्षण दिएको हुँ भन्ने समेत व्यहोराको भुवन बस्नेतको वयान कागज ।





About Us
प्रतिक्रिया