‘गुन्डा नाइके’ चक्रे मिलनसहित ४७ जना पक्राउ


काठमाडौं– गुण्डा नाइके’को रुपमा चिनिएका चक्रे मिलन (मिलन गुरुङ)सहित ४७ जना काठमाडौंबाट पक्राउ गरेका छन् ।

गुण्डागर्दीमा संलग्न भएको आरोपमा उनीहरूलाई प्रहरीले काठमाडौंंको ठमेल र महाराजगन्ज क्षेत्रबाट गएराति पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार चक्रे मिलन महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेका हुन् । प्रहरीले उनलाई ‘बर्थडे’ पार्टीबाटै पक्राउ गरेको हो । पक्राउपछि उनीहरुलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ ।