बीमा प्रोडक्ट

सिटिजन्स लाइफको माइक्रो ट्रम पोलिसीः न्यून आय भएका वर्गका लागि ऋण सुरक्षा र आर्थिक स्थिरता


काठमाडौं – नेपालको बीमा क्षेत्रमा पछिल्लो समय उल्लेखनीय प्रगति भइरहेको छ । विशेषगरी न्यून आय भएका वर्गलाई लक्षित गरी ल्याइएका नवीन र प्रभावकारी बीमा पोलिसीहरूले आर्थिक सुरक्षाको नयाँ आयाम थपेका छन्। यस्तै सन्दर्भमा, सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो माइक्रो ट्रम पोलिसी मार्फत न्यून आय भएका व्यक्तिहरूलाई आर्थिक जोखिमबाट जोगाउन र ऋण प्रक्रियालाई सुरक्षित बनाउन महत्त्वपूर्ण योगदान दिएको छ । यस पोलिसीले सानो प्रिमियम रकममा ठूलो कभरेज प्रदान गरी न्यून आय भएका समुदायको जीवनस्तर उकास्न सहयोग र्पुयाएको छ । बैंकिङ्ग समाचारले सिटिजन्स लाइफ इन्स्योरेन्सको सेल्स हेड साथै ‘वुमन फोरम प्रेसिडेन्ट’ रिता पाठकसँग यो पोलिसीको महत्व, विशेषता, र भविष्यको योजनाबारे गरेको विस्तृत छलफलः

जीवन बीमाले बचत, लगानी, र जोखिम कभर गरी तीन प्रमुख उद्देश्यहरू पूरा गर्छ । यीमध्ये, आजको समयमा जोखिम कभरलाई विशेष महत्त्व दिइएको छ । किनभने यो हरेक व्यक्तिको आर्थिक सुरक्षाको आधार हो । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्तुत गरेको ‘माइक्रो ट्रम पोलिसी’ यही जोखिम कभरको एक प्रभावकारी र सुलभ माध्यम हो । यो पोलिसी विशेष रूपमा न्यून आय भएका वर्गलाई लक्षित गरी डिजाइन गरिएको छ। जसले सानो प्रिमियममा ठूलो आर्थिक सुरक्षा प्रदान गर्छ ।

नेपाल जस्तो विकासशील मुलुकमा न्यून आय भएका व्यक्तिहरूको आर्थिक उन्नति र सुरक्षाका लागि सहकारी र वित्तीय संस्थाहरूले सहुलियतपूर्ण ऋण प्रदान गर्छन्। यस्ता ऋणले बाख्रा पालन, कृषि, र अन्य आयमूलक गतिविधिहरूलाई प्रोत्साहन गर्छ । तर, यदि ऋणीको अचानक मृत्यु वा भवितव्य घटना भयो भने ऋणको बोझ परिवारमा पर्न सक्छ । सिटिजन्स लाइफको ‘माइक्रो ट्रम पोलिसी’ ले यस्ता जोखिमहरूबाट सुरक्षा प्रदान गर्छ । न्यून प्रिमियममा उच्च कभर हुने हुँदा सानो रकम तिरेर ठुलो जोखिम कभर प्राप्त गर्न सकिन्छ ।

यो पोलिसीबाट ऋणको सुरक्षा हुन्छ । सहकारी वा वित्तीय संस्थाबाट लिएको ऋणको भुक्तानी सुनिश्चित गर्छ । सिटिजन्स लाइफ इन्स्योरेन्सले विगत आठ वर्षदेखि नेपाली बजारमा बीमा क्षेत्रमा उल्लेखनीय योगदान दिइरहेको छ । माइक्रो ट्रम पोलिसी न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी सहकारी र वित्तीय संस्थाहरूसँगको सहकार्यमा सञ्चालित छ । यसको प्याकेजिङ सरल र पहुँचयोग्य छ । प्रिमियम रकममा सामान्यतया, १ लाख रूपैयाँको बीमाङ्क रकमको लागि वार्षिक ५०० रूपैयाँ प्रिमियम तिर्नुपर्छ । लाभको आधारमा यो रकम फरक पर्नसक्छ ।

बीमित व्यक्तिको मृत्यु भएमा परिवारलाई दुई लाखसम्मको रकम प्रदान गरिन्छ । मृत्युको अवस्थामा थप रकम मृत्यु खर्चको लागि उपलब्ध हुन्छ । बीमितको मृत्यु भएमा, सहकारी वा वित्तीय संस्थाको ऋण सिटिजन्स लाइफले तिर्छ र बाँकी रकम परिवारलाई हस्तान्तरण गर्ने व्यवस्था पनि रहेको छ । यो प्याकेजिङले न्यून आय भएका व्यक्तिहरूलाई ऋण लिन प्रोत्साहन गर्छ र भवितव्य घटनाबाट हुने आर्थिक जोखिमलाई कम गर्छ । साथै, यसले परिवारमा पर्नसक्ने आर्थिक बोझलाई न्यूनीकरण गर्छ र ऋण प्रक्रियालाई सुरक्षित बनाउँछ । सिटिजन्स लाइफको माइक्रो ट्रम पोलिसीले ठूलो संख्यामा व्यक्तिहरूलाई आर्थिक सुरक्षा प्रदान गरेको छ ।

हालसम्म ८०० भन्दा बढी संस्थाहरू बैंक सहकारी र वित्तीय संस्थाहरूसँग सहकार्य गरिएको छ । ५८ लाख बीमितहरू यो पोलिसीमा आबद्ध छन्। सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले व्यवसाय विस्तारसँगै बीमा सचेतनालाई पनि प्राथमिकता दिएको छ । बीमा सचेतना अभियान गरी ग्रामीण र सहरी क्षेत्रमा बीमाको महत्वबारे जनचेतना फैलाउने काम पनि गरिरहेका छौँ। डिजिटल प्लेटफर्ममार्फत बीमा सेवालाई सहज बनाइरहेका छौं । कम्पनीले ग्राहक केन्द्रित सेवालाई जोड दिँदै बीमा क्षेत्रमा प्रभावकारी र सुलभ समाधानहरू प्रदान गर्दै आइरहेका छौं ।

जीवन अनिश्चितताले भरिएको छ । न्यून आय भएका व्यक्तिहरूले जीविकोपार्जनका लागि सहकारी वा वित्तीय संस्थाहरूबाट ऋण लिन्छन्। । यस्ता ऋणले आर्थिक उन्नतिमा सहयोग गर्छ । तर भवितव्य घटनाले यो ऋण परिवारको लागि बोझ बन्न सक्छ । त्यसैले यो बीमा गरेर भवितव्य घटनामा ऋणको भुक्तानी कम्पनीले गर्दा मानसिक शान्ति प्राप्त हुन्छ । न्यून प्रिमियममा उच्च कभरेजले परिवारको भविष्य सुनिश्चित गर्छ । त्यसैले बीमा गर्न आवश्यक छ ।