रिभर फल्स पावरले हकप्रद शेयर निष्काशनका लागि गर्यो बुक क्लोजको मिति तय


काठमाडौं – रिभर फल्स पावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न बुक क्लोजको मिति तय गरेको छ । कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीले १ः१ (एक कित्ता शेयर बराबर नयाँ एक कित्ता शेयर) अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ७० लाख कित्ता हकप्रद साधारण शेयर साविक शेयरधनीहरुका लागि निष्काशन गर्दैछ । उक्त हकप्रद शेयर निष्काशनका लागि साउन २६ गते शेयर दाखिला खारेज बन्द (बुक क्लोज) गर्ने भएको छ ।