काठमाडौं – प्राइम कमर्सियल बैंकले विद्यमान संस्थापक शेयरधनीहरुका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले साउन ११ गते बसेको सञ्चालक समितिको ५३७ औं बैंठकको निर्णयअनुसार संस्थापक शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा बैंकका कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी आवेदन दिन सक्नेछन् ।
बैंकले तोकेको समयावधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नआएमा उक्त शेयर सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । साथै, बैंकले बिक्री खुला गरेको शेयर संख्या भने खुलाएको छैन।



About Us
प्रतिक्रिया