काठमाडौं – शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई काठमाडौं जिल्ला अदालतको अनुमतिमा हाजिरी जमानीमा रिहा गरिएको छ। ठगी र विश्वासघातको कसुरमा पक्राउ परेका अग्रवाललाई अदालतले म्याद थप्न अस्वीकार गरेको हो।
अग्रवालले एक व्यक्तिबाट करिब ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोप छ र नेपाल धितोपत्र बोर्डले अनुसन्धान गरिरहेको छ।
धनुषाको जनकपुर उपमहानगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१० बस्दै आएका ६० वर्षीय दिनेशप्रसाद साहलाई ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा उनी पक्राउ परेको हुन्।
उनले १५ वटा कारोबार व्यवस्थापन प्रणाली खातामार्फत सेयर मूल्य नियन्त्रण गरी ठगी गरेको र धितोपत्र ब्रोकरसँगको भुक्तानीमा अनियमितता गरेको उजुरी परेको छ। अग्रवाल गत ५ साउनमा टोखाबाट पक्राउ परेका थिए ।






About Us
प्रतिक्रिया