काठमाडौं – नेपाल राष्ट्र बैंकले वित्तीय उपकरण सम्बन्धी मापदण्ड अबदेखि पूर्ण रूपमा लागू हुने बताएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा अद्यावधिक गरिएको एनएपआरएस ९ सम्बन्धी प्रावधानहरू अब लागू हुने भएको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले वित्तीय उपकरण सम्बन्धी मापदण्ड प्रारम्भमा २०७८ साउन १ गतेदेखि लागू हुने घोषणा गरिएकोमा कोभिड(१९ को महामारीका कारण उत्पन्न विभिन्न चुनौतीहरू, सीमित समय र प्राविधिक दक्षताको अभाव लगायतका कारणहरूले गर्दा, बैंक तथा वित्तीय संस्थाहरूका लागि ल्ँच्क् ढ को पूर्ण कार्यान्वयन आर्थिक वर्ष २०८०र८१ सम्मका लागि स्थगित भएको थियो । नेपाल वित्तीय प्रतिवेदन मापदण्डअनुसार वित्तीय विवरण तयार गर्ने, प्रस्तुत गर्ने तथा प्रकाशन गर्ने जिम्मेवारी सम्बन्धित बैंक तथा वित्तीय संस्थाका संचालक समितिहरू तथा उच्च व्यवस्थापनमा निहित हुन्छ।
यो मार्गनिर्देशन अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास तथा विभिन्न देशका नियामक निकायहरूले नीति र अपेक्षित ऋण क्षति कार्यान्वयनका लागि जारी गरेका मार्गदर्शनहरूलाई आधार बनाई तयार गरिएको हो। यो मार्गनिर्देशन बैंक तथा वित्तीय संस्थामा लागू हुनेछन्।
यस मार्गदर्शन जारी गर्नुको मुख्य उद्देश्य अपेक्षित ऋण क्षति कार्यान्वयनलाई सहज बनाउन नियामक मार्गनिर्देशन तय गर्नु, बैंक तथा वित्तीय संस्थाहरूबीचको एकरूपता र तुलनात्मकता प्रवर्द्धन गर्नु, ऋण जोखिममा महत्वपूर्ण वृद्धि निर्धारणका लागि वस्तुनिष्ठ मापदण्डहरू प्रस्तुत गर्नु हो ।






About Us
प्रतिक्रिया