काठमाडौं – नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाको रिट बुधबार पनि हेर्न नमिल्नेमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा परेको रिट हेर्न नमिल्नेमा परेको हो ।
गत असार ३० गतेको मन्त्रिपरिषद् बैठकले ओझालाई निलम्बन गर्दै उनीमाथि छानबिन गर्न न्यायिक समिति गठन गरेको थियो।ओझाले प्राधिकरणको अध्यक्षमा नियुक्त हुन अनुभवको फर्जी कागजात बुझाएको आरोप लागेको थियो ।
त्योसँगै सरकारले उनलाई निलम्बन गरी पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरेको थियो । निलम्बनमा परेपछि ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार,अर्थ मन्त्रालयलगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा साउन ८ गते रिट निवेदन दिएका थिए ।






About Us
प्रतिक्रिया