‘यता ब्याजदर कम भयो भनेर पारी लगेर पैसा राख्ने हो की ?’


काठमाडौं – नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जीवि नेपालले अहिले पनि बोर्डरका मान्छे धेरैले भारतका बैंकहरुमा पैसा राख्ने गरेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दे नेपालले बोर्डर खुल्ला भएका कारण अझैपनि पारी लगेर पैसा राख्ने प्रचलन रहेकाे बताए।

उनले भने,‘ ‘रेमिट्यान्समा धेरै ब्याजदर सम्बन्धित देशले दिन थाले पूँजी नआउने हो की ? बोर्डर खुल्ला छ, हाम्रोमा चलन नै छ, यता ब्याजदर कम भयो भनेर पारी लगेर पैसा राख्ने हो की ? अहिले पनि बोर्डरका मान्छे धेरैले भारतका बैंकहरुमा पैसा राख्ने गरेका छन्। यसरी फेरि उता पूँजी पलायन भएर हामी कहाँ तरलता अभाव हुने होकी ?’