काठमाडौं – नजिकिँदै गरेको नेपालीहरूको महान् पर्व बडा दसैँ तथा तिहारलाई लक्षित गर्दै दाजुभाइ ट्राभल एन्ड टुरिजम एलएलसीले नेपाली यात्रुहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत दुबईबाट नेपाल जाने तथा फर्कने यात्रुका लागि निकै सस्तो दरमा हवाई टिकट उपलब्ध गराइएको छ।
सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनाका लागि लागू हुने यस अफरअन्तर्गत सुरुवाती मूल्य १९९९ युएई दिराम मात्र तोकिएको छ। अफर सीमित अवधिको लागि मात्र रहेकाले इच्छुक यात्रुहरूलाई चाँडो बुकिङ गर्न अनुरोध गरिएको छ।

सुरक्षित र सहज यात्राको ग्यारेन्टीसहित सेवा दिँदै आएको दाजुभाइ ट्राभल एन्ड टुरिजम एलएलसीको कार्यालय शराफडीजी मेट्रो स्टेशन, एक्जिट नम्बर–३, अल फहीदी सुक गेट नम्बर–२ (नेस्टो हाइपरमार्केट), पसल नम्बर–१२ मा रहेको छ।






About Us
प्रतिक्रिया