हिमालयन लाइफ इन्स्योरेन्सको १८ औँ वार्षिक साधारणसभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित


काठमाडौं –  हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको  गत असार १० गते  मंगलबार १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। 

कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा उक्त सभा सम्पन्न भएको हो। कम्पनीले उक्त सभा प्रयोजनको लागि गत जेठ २७ गते नै बुक क्लोज गरेको थियो। 

सो सभाले कम्पनीको वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ६०६ रुपैयाँको ८ प्रतिशत नगद लाभांश (कर  प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।