प्रतितोला १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको हो ।

यससँगै आज सुन तोलामा १ लाख ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २ हजार ३१० सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो।