काठमाडौं – एशियन लाईफ इन्स्योरेन्सले गत असार ३० गते १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले सो सभा दीपक कुमार श्रेष्ठको अध्यक्षतामा होटेल इच्छा सिमरा बारामा दिउसो १ बजे सम्पन्न गरेको हो ।
उक्त सभाबाट कम्पनीले ०.२६८४ प्रतिशत (९१ लाख २५ हजार ८ सय ८६) रुपैयाँ नगद लाभांश र बोनस शेयर ५.१० प्रतिशत अर्थात् १७ करोड ३३ लाख ९१ हजार ६ सय ५२ रुपैयाँ बराबरको बोनस शेयर गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
साथै, कम्पनीले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षणका लागि बि.के अग्रवाल एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टलाई पुनः नियुक्त गर्ने तथा सो को पारिश्रमिक निर्धारण गर्ने निर्णय गरेको छ ।






About Us
प्रतिक्रिया