३ हजार अंकमाथि उक्लियो नेप्से, १८ अर्ब माथिको कारोबार


काठमाडौं – शेयर कारोबारको तेस्रो दिन अर्थात् मंगलबार शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३०.४९ अंकले बढेर बजार ३ हजार १ दशमलव ८० को बिन्दुमा कायम भएको हो ।

आज १७६ कम्पनीको शेयर मूल्य घटेको छ भने ७४ कम्पनीको शेयर मूल्य बढेको छ । आज ३२१ कम्पनीको ४ करोड १८ लाख कित्ता बरारबर शेयर किनबेच हुँदा १८ अर्ब ५२ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिष्टलरी को शेयर कारोबार भएको छ । यस कम्पनीको ६४ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्रिन भेन्चरको ६३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कमाउनेमा मक्तिनाथ कृषि, ट्रेड टावर र सान्भी इनर्जीका लगानीकर्ताहरु रहेका छन् । आज यी कम्पनीका लगानीकर्ताहरुले क्रमशः १० प्रतिशतका दरले कमाएका हुन् ।

यस्तै, आज सबैभन्दा धेरै समता घरेलु लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ६० प्रतिशतका दरले गुमाएका हुन् ।