रमेन्द्र रायमाझी सिइओ, एन आई सी एशिया क्यापिटल
नेपालमा संस्थागत लगानीकर्ताहरुको उपस्थिति कम रहेको अवस्थामा सामूहिक लगानी कोषको महत्व बढ्दै गइरहेको पाइन्छ । सामूहिक लगानी कोषहरुको मुनाफा बृद्धि हुँदै जादा लगानीकर्ताहरुमा समेत विस्तारै म्युचुअल फण्ड प्रति आकर्षण देखिन थालेको छ । एन आई सी एशिया बैंक लिमिटेड कोष प्रबद्र्धनमा एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत हाल एन आई सी एशिया क्यापिटलले “एन आई सी एशिया ग्रोथ फण्ड” तथा “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” नामक दुइवटा सामुहिक लगानी कोषहरु संचालन गरिरहेको छ । आषाढ मसान्त, २०७७ मा ग्रोथ फण्डको नेट एसेट भ्यालू (न्याभ) ११.७५ रुपैयाँ कायम छ भने ब्यालेन्स फण्डको ११.०८ रुपैँया कायम गर्न सफल भएको देखिन्छ । नेट एसेट भ्यालू (न्याभ) १० रुपैयाँ भन्दा बढी भएमा त्यसलाई गतिलो प्रर्दशनकाको रुपमा लिन सकिन्छ ।
धितोपत्रको दोश्रो बजार घट्दो क्रममा सामूहिक योजनाको इकाईहरु बिक्री गरेको भएतापनि संचालनको पहिलो वर्षमा नै १० प्रतिशत लाभांश वितरण गर्न सफल भएको थियो । एनआइसी एशियाले संचालनमा ल्याएको पहिलो म्युचुअल फण्ड एनआइसी एशिया ग्रोथ फण्डको बिगतको रेकर्ड राम्रो छ । यस्ता फण्डहरुको इकाईमा लगानी कति प्रतिफल मुलक हुन्छ ? घोषित लाभांश दिन सक्छ वा सक्दैन ? यस कोषले सेयरबजार बाहेक कस्तो क्षेत्रमा लगानी गरि सेयरधनीलाई आकर्षक प्रतिफल दिन सक्छ भन्ने लगायतका चासो लगानीकर्तामाझ छ । यस्तै तमाम विषयहरुमा बैंकिङ्ग समाचार डटकमका मनोज रेग्मीले योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीसंग गरेको कुराकानीको सम्पादित अंशः
तपाइहरुले बेला बेलामा ल्याइरहने यस्ता म्युचुअल फण्डहरुको बारेमा आम जनमानसले कसरी बुझ्ने र कसरी लगानी गर्ने ?
हाल नेपालमा संचालीत अधिकाशं सामूहिक लगानी कोष योजनाहरु बन्दमुखी रहेका छन् । यस्ता लगानी कोषहरु नेपाल धितोपत्र बोर्डबाट स्वीकृत लिई संचालनमा ल्याइन्छ । यस्ता फण्डहरुको बारेमा जानकारी प्राप्त गर्नको लागि विवरणपत्रको राम्रोसँग अध्ययन गर्न जरुरी हुन्छ । जसमा फण्डको बरेमा सम्पूर्ण जानकारी तथा फण्डले भविष्यमा वितरण गर्न सक्ने प्रस्तावित लाभाँशदर लगायत योजनमा सहभागि कसरी हुने र योजनामा सहभागी हुँदाका फाइदाहरुको सम्बन्धमा विस्तृत रुपमा उल्लेख गरिएको हुन्छ । विशेषत सामूहिक लगानी कोष योजनाहरुमा लगानी गर्दा सार्वजनिक रुपमा निष्काशन भएको अवस्थामा सि आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाकार्यालय मार्फत आवेदन दिन सकिनेछ । साथै योजनाको बाँडफाँट पश्चात् उक्त योजनाको इकाईहरु धितोपत्रको दोश्रो बजारबाट समेत सहजै खरिद विक्री गर्न सकिनेछ ।
यसमा लगानी गर्नुका फाइदाहरु के कस्ता हुन्छन् ?
सामुहिक लगानी कोषहरुमा गरिने लगानी अन्य धितापत्रमा गरिने लगानीको तुलानमा कम जोखिम युक्त मानिन्छ । यस प्रकारका फण्डहरुमा राम्रो व्यवसायिक दक्षता तथा बजारको राम्रो ज्ञान भएका व्यक्तिहरु मर्फत लगानी योजना तर्जुमा गरि लगानी गरिने हुँदा लगानीमा उचित प्रतिफल हुन्छ । तसर्थ, फण्डमा लगानी गर्ने इकाईधनीहरुले कम जोखिममा उचित लाभ लिन सक्दछन् ।
फण्डको इकाइमा लगानी कति प्रतिफलमुलक हुन्छ ?
हरेक मानिसले आफ्नो लगानीमा विविधिता गर्नु अत्यन्त जरुरी हुन्छ । सामूहिक लगानी कोषमा गरिने लगानी अन्य क्षत्रमा भन्दा अलि सुरक्षित लगानीको रुपमा लिन सकिन्छ । हाम्रो विगतको अनुभव हेर्दा नेपालमा संचालित केही सामूहिक लगानी योजना बाहेक अन्यले राम्रो प्रतिफल वितरण गरिरहेकै छन् ।
एनआइसी एसीयाकै फण्डमा किन लगानी गर्ने ?
हुन त लगानी सम्बन्धी निर्णय लिने अधिकार लगानीकर्ता स्वयमकै हो । तर यहाँहरुलाई जानकारी नै छ हामीले हाल संचालन गरिरहेको दुई वटा फण्डको लगानी व्यवस्थापन राम्रो भइरहेको छ । यसकारण धितोपत्रको दोश्रो बजार घट्दो क्रममा रहेको अवस्थामा समेत अघिल्लो आर्थिक वर्षमा लाभाँश वितरण गर्न सफल भएका थियौं । अहिले पनि उक्त योजनाहरुको खुद सम्पती मुल्य (न्याभ) बजारमा संचालित अन्य सामूहिक लगानी योजनाहरु भन्दा तुलानात्मक रुपमा राम्रो रहेको देखिन्छ । जुन कुरा तपाईहरुले हाम्रो प्रकाशित वित्तीय विवरणमा हेर्न सक्नुहुन्छ । हाम्रो मुल मन्त्र भनेकै जस्तो सुकै परिस्थीतिमा पनि इकाईधनीहरुलाई उत्कृष्ट प्रतिफल वितरण गर्नु हो । एन आई सी एशिया क्यापिटलले संचालन गरेको कुनै पनि योजनामा सहभागीहरुलाई उच्च प्रतिफल वितरण गर्ने हाम्रो प्रमुख लक्ष रहेको हुँदा लगानीकर्ताहरुलाई क्यापिटलले भविष्यमा निष्काशन गर्ने सामूहिक लगानी योजनाहरुमा निधक्क रुपमा लगानी गर्न सक्नुहुनेछ ।
लगानीकर्ताले पाउने प्रतिफल कति हुन्छ ?
सामन्यतय सामूहिक लगानी कोषले वितरण गर्ने प्रस्तावित लाभाँश दर विवरणपत्रमा नै प्रक्षपण गरिएको हुन्छ । सामूहिक लगानी योजनहरुको अधिकाशं लगानी धितोपत्रको दोश्रो बजारमा गरिने हुँदा धितोपत्रको बजारमा आउने उतार चढावले पनि सामूहिक लगानी कोषले वितरण गर्ने प्रतिफलमा समेत प्रभाव परेको देखिन्छ । तर, उच्च व्यवसायिक विज्ञ समूह मार्फत लगानी सम्बन्धी निर्णय लिने हुँदा इकाईधनीहरुले उचित प्रतिफल प्राप्त गर्न सक्नुहुनेछ ।
बैंकमा पैसा डिपोजिट गर्ने विकल्प पनि छ । ब्याजदर निश्चित हुन्छ । त्यसो त यसैमा किन लगानी गर्ने ?
बैंक तथा वित्तीय संस्थाहरुमा पैसा डिपोजिट गर्ने विकल्प त सधै हुन्छ । तर त्यहाँ डिपोजिट गर्दा डिपोजिट गरेको पैसाले कति रिर्टन दिएको छ भन्ने कुरा ठुलो हो । तपाई हामीलाई थाहै छ कहिलेकाही बैंकको ब्याजदर मुद्रा स्फ्रिती दरभन्दा पनि कम भएको देखिन्छ । गहन अध्ययन गरेर सामूहिक लगानी कोषहरुमा लगानी गर्दा बैंकको निक्षेपम प्राप्त गर्ने व्याजदर भन्दा उचित प्रतिफल प्राप्त गर्न सकिनेछ । सामूहिक लगानी कोष योजनहरुको इकाई सहजै रुपमा धितोपत्रको दोश्रो बजारमा खरिद बिक्री गर्न सकिन्छ । यसलाई आवश्यकता अनुसार तरलतामा परिणत गर्न पनि सकिन्छ । तसर्थ, बजारको लाभ अथवा लगानीमा उचित प्रतिफल प्राप्त गर्नको लागि जोखिममुक्त सुरक्षित लगानीको रुपमा परिचित सामूहिक लगानी कोषहरुको इकाईमा लगानी गरि उचित लाभ लिन सकिन्छ ।
बजारमा यस्ता फण्ड (प्रोडक्टहरु) धैरै छन् ? कसलाई के आधारमा रोज्ने र लगानी गर्ने ?
अत्यन्त उचित प्रश्न । हाल बजारमा थुप्रै सामूहिक लगानी कोष योजनाहरु संचालनमा छन भने अन्य थुप्रै आउने क्रममा पनि रहेका छन । एउटा विद्यार्थीको शैक्षिक स्तर मापन गर्ने सहज उपाए भनेको उसले प्राप्त गरेको मार्कसीट–सर्टिफिकेटमा उल्लेखित अंक हो । यसमा पनि अंक कसरी धेरै पाउने भन्नेमा उक्त विद्यार्थीको अध्ययनमा फरक पर्न जान्छ । त्यसरी नै बजारमा संचालित सम्पूर्ण म्युचुअल फण्डहरु कुन राम्रो र कुन नराम्रो भन्नेमा त्यसको खुद सम्पती मुल्य (न्याभ) हेरी पत्ता लगाउन सकिन्छ । न्याभ भनेको फण्डको खुद सम्पती मुल्य भनेर बुझिन्छ । कम्पनीले सामुहिक लगानी लगानी कोष नियमावलीमा भएको व्यवस्था बमोजिम योजनाको खुद सम्पति मुल्य (न्याभ) साप्ताहिक रुपमा योजना व्यवस्थापकको वेवसाईट र मासिक रुपमा राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशित गर्नुपर्ने हुन्छ । यसो गरिने हुँदा लगानीकर्ताहरुलाई सहजै रुपमा कुन फण्डको प्रर्दशन कस्तो छ भन्ने बारेमा अध्ययन गर्न सक्नुहुनेछ । साथै लगानीकर्ताहरुले योजनामा लगानी सम्बन्धी निर्णय लिँदा हाल संचालनमा रहेको योजनाहरुले हरेक वर्ष वितरण गरेको लाभाँश दर तथा लगानी व्यवस्थापकले प्राप्त गरेको रेटिङ्गको आधारमा समेत लगानी सम्बन्धी निर्णय लिन सक्नुहुनेछ ।





About Us
प्रतिक्रिया