१४ लाख कित्ता बढी आईपीओ निष्कासनका गर्दै  सागर डिष्टिलरी 


काठमाडौं –  सागर डिष्टिलरी लिमिटेडले आईपीओ निष्कासनको लागि  नेपाल धितोपत्र बोर्डलाई दिएको निवेदन स्विकृत भएको छ । कम्पनीले साउन १२ गते  १४ लाख भन्दा बढी कित्ता आईपीओ निष्कासनको लागि बोर्डबाट अनुमति पाएको हो ।

अब कम्पनीले सर्वसाधारणका लागि  प्रतिकित्ता १०० रुपैयाँमा १४ लाख ५२ हजार कित्ता आईपीओ जारी गर्ने भएको छ ।आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।