चार दिनमा ४६ सयले घट्यो सुनको मूल्य, प्रतितोला कति ?


काठमाडौं – गएका चार दिनसम्म लगातार घटेर सोमबार स्थिर रहेको सुनको मूल्यमा पुनः आज ६ सय रुपैयाँको गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनकाे मूल्य प्रतितोला १ लाख ९३ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ९३ हजार ६ सय रुपैयाँ थियो । सुनको मूल्य आइतबार प्रतितोला ११ सय रुपैयाँ घटेको थियो भने शुक्रबार पाँच सय र बिहीबार दुई हजार चार सय रुपैयाँ घटेको थियो।

आज चाँदीको मूल्य भने थोरै बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर दुई हजार दुई सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

गत वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।