राष्ट्र बैंकले घटायो कर्जा निगरानीको समय


काठमाडौं – नेपाल राष्ट्र बैंकले कर्जा निगरानीको समय घटाएको छ । केन्द्रीय बैंकले बैंकहरुले तेस्रो वर्गमा गणना गरेका कर्जाको किस्ता नियमित भएको खण्डमा त्यस्ता कर्जाको वर्ग स्तरोन्नति गर्न ९० दिन मात्रै निगरानी गरे हुने भएको हो । यसअघि १८० दिनसम्म निगरानीमा राखेर त्यस्ता कर्जालाई स्तरोन्नति गर्ने व्यवस्था थियो।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकहरुमा अपेक्षित कर्जा घाटा मूल्यांकनसम्बन्धी गाइडलाइन्स, २०२४ लाई संशोधन गर्दै तेस्रो वर्गमा परेका कर्जालाई दोस्रो वर्गमा स्थानान्तरण गर्ने समय कम गरेको हो।