क्रेडिट जोखिमको पहिचान गर्न अपेक्षित ऋण क्षति सम्बन्धी निर्देशिका २०८१ संशोधन


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरेको ‘एनएफआरएस–९ अपेक्षित ऋण क्षति सम्बन्धी निर्देशिका २०८१ ’ लाई संशोधन गरेको छ । केन्द्रीय बैंकले सो मार्गदर्शन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई क्रेडिट जोखिमको पहिचान, मूल्यांकन तथा व्यवस्थापनसम्बन्धी प्रावधानमा स्पष्टता ल्याएको हो ।

केन्द्रीय बैंकले यो मर्गदर्शन संशोधन गरेपछि ३० दिनभन्दा बढी किस्ता तिरेर नबुझिएको ऋणलाई जोखिममा वृद्धि भएको मानिने व्यवस्था गरेको छ । अघिल्लो संस्करणमा यसलाई ३० दिन भनिए पनि नयाँ संशोधनमा एक महिनाभन्दा बढी समय उल्लेख गरिएको हो ।