काठमाडौं – केन्द्रीय बैंकले मौद्रिक नीति जारी गरेपछि लगातार बढेको शेयर बजार हिजो आइतबार र आज भने केही सुस्ताएको छ । हिजो ८ दिनपछि करेक्सन देखिएको बजारमा आज पनि उत्साहजनक वृद्धि भने देखिएन। यद्यपि बजारले ओरालो यात्रा नै भने तय गरेको छैन । आज कारोबारको दोस्रो दिन अर्थात् सोमबार शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ। आज शेयर बजार मापक परिसूचक (नेपाल स्टक एक्सचेन्ज) नेप्से १२. १३ अंकले बढेर २९७६.३३ को बिन्दुमा कायम भएको हो। आज ३२१ कम्पनीको चार करोड ४१ लख २४ हजार ९२४ कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ३६ करोड आड लाख रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । कम्पनीको ९२ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ७६ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५७ करोड ९७लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । सान्भी इनर्जीका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन्। ट्रेड टावरका लगानीकर्ताले ९ दशमलव ५३ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै विन्ध्यवासिनी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ४९ प्रतिशतका दरले गुमाएका हुन् ।
सोमबार कारोबार भएका ६ वटा उपसूचकमा हरियाली छाएको छ । आज वाणिज्य बैंक समूहको ०.२१ प्रतिशत, फाइनान्स समूहको २.८३ प्रतिशत, होटेल तथा पर्यटन समूहको ०.२४ प्रतिशतले शेयर मूल्य बढेको छ । यस दिन १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको घटेको छ । बजार बढेसँगै आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।



About Us
प्रतिक्रिया