काठमाडौं – नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक सदस्यबाट दिनुका पोख्रेलले राजीनामा दिएकी छिन् । उनले साउन २ गते पारिवारिक, व्यक्तिगत तथा स्वास्थ्य अवस्थाको कारणले गर्दा सो पदमा रहन असहज भएको भन्दै राजीनामा दिएकी हुन् ।
यसअघि नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट प्रतिनिधित्व गरेकी पोख्रेल कम्पनीको गत असार १५ गते सम्पन्न आठौँ वार्षिक साधारण सभाबाट सदस्यमा निर्विरोध निर्वाचित भएकी थिइन् ।
कम्पनीको साउन ११ गते (हिजो) बसेको सञ्चालक समितिको बैठकले उनकाे राजीनामा स्वीकृत गरेकाे छ ।





About Us
प्रतिक्रिया