काठमाडौं – आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ पदका लागि केही सङ्ख्यामा कर्मचारी माग गरेको छ।कम्पनीले नायब प्रबन्धक (विभागीय प्रमुख) सहायक प्रबन्धकमा २ जना, साहायक /वरिष्ठ सहायक पद र प्रशिक्षार्थी सहायक पद गरी केही सङ्ख्यामा कर्मचारी माग गरेको हो।
नायब प्रबन्धकमा चार्टड एकाउन्टेन्सी कोर्ष उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ वर्ष काम गरेको र सहायक प्रबन्धकका लागि स्नातक तह उत्तीर्ण गरी लघुवित्तमा ८ वर्ष काम गरेकाले आवेदन दिन सक्नेछन् ।
सहायक/बरिष्ठ सहायकका लागि कम्तीमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी लघुवित्तमा ३ वर्ष काम गरेको र प्रशिक्षार्थी सहायकका लागि कम्तीमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनु पर्नेछ। जसमा लघुवित्तमा काम गरेकाले बढि प्राथमिकता पाउनेछन्।
साथै, सम्पूर्ण पदका लागि इमेल, इन्टरनेट र कम्प्युटरको राम्रो ज्ञान भएको हुनुपर्नेछ। नायब प्रबन्धकका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, सहायक प्रबन्धकका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र प्रशिक्षार्थी सहायकका पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ।
महिलाको हकमा भने माथिल्लो उमेर हदमा ५ वर्ष थप हुने संस्थाले जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको वेबसाइटमा रहेको ‘करिअर’ अप्सनमा गई अनलाइनबाट आवेदन दिनुपर्नेछ।






About Us
प्रतिक्रिया