काठमाडौं – निलम्बनमा परेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफू विरुद्ध गठन गरिएको छानबिन समिति खारेज तथा निलम्बनमा फुकुवाको माग गर्दै ओझाले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र छानबिन समितिलाई विपक्षी बनाई संयुक्त रूपमा रिट दायर गरेका हुन् । ओझाले छानबिन समितिका अध्यक्ष कृष्ण गिरी तथा सदस्यद्वय जीवन प्रकाश सिटौला र कपिलदेव ओलीलाई पनि विपक्षी बनाएका छन् ।
रिटमाथि मागमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुशलमानले सरकारलगायत विपक्षीहरूलाई कारण देखाऊ आदेश जारी गरेका छन् । आजको पेशी मुशलमान र मनोजकुमार शर्माको संयुक्त इजलासमा परेको छ ।






About Us
प्रतिक्रिया