काठमाडौं – नेपाल बीमा प्राधिकरणले ‘जोखिममा आधारित पुँजी तथा सोल्भेन्सी निर्देशिका, २०८२’ जारी गरेको छ । जोखिममा आधारित पुँजी सम्बन्धी साबिकको निर्देशिका खारेज गरेर साउन १ गतेदेखि लागू हुने गरी नयाँ निर्देशिका जारी गरेको हो ।
उक्त निर्देशिका अनुसार जोखिमको मूल्याङ्कनका लागि अब स्ट्रेस अप्रोच र फ्याक्टर बेस अप्रोच गरेर दुई विधि अपनाउनु पर्नेछ। प्राधिकरणले संशोधित निर्देशिका बमोजिम जोखिम मूल्याङ्कनका सम्बन्धमा बीमकले प्राधिकरणलाई उपलब्ध गराउनुपर्ने विवरण सम्बन्धित ढाँचामा समेत परिमार्जन गर्दे बीमकलाई नयाँ ढाँचा उपलब्ध गराएको छ।
बीमा कम्पनीहरूको जोखिम मूल्यांकन, पुँजी व्यवस्थापन र शासन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिष्कृत गर्ने प्रयास गरिएको छ । जीवन बीमा जोखिममा मृत्युदर, दीर्घायु रोग वा अपाङ्गताको परिवर्तनले हुने जोखिम पर्दछ । नन लाइफ रिक्समा मोटर, आगलागी, कृषि, स्वास्थ्य जस्ता बीमाहरूमा हुने अनुमानभन्दा बढी दाबी परेको विषयलाई समावेश गरिन्छ । क्याटसटोपिक रिक्समा भूकम्प, बाढी, पहिरो, हावाहुरी जस्ता ठुलो प्रभाव पार्ने प्राकृतिक प्रकोपहरू पर्छन् ।





About Us
प्रतिक्रिया