धितोपत्र बोर्डले दियो रिभर फल्स पावरलाई हकप्रद शेयर निष्कासनका लागि अनुमति 


काठमाडौं –  रिभर फल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट हकप्रद शेयर निष्कासनका लागि  अनुमति पाएको हो । 

कम्पनीले चुक्ता पुँजी ७० करोडको  १ः१  अर्थात्  विद्यमान १ कित्ता साधारण शेयर बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको छ । 

कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले  ७० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो। कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।