स्थानीय तहको खाता व्यवस्थापनमा नयाँ निर्देशिका लागू, राष्ट्र बैंकको थप अनुमति नचाहिने


काठमाडौं – अब स्थानीय तहअन्तर्गतका विभिन्न निकायहरूको वाणिज्य बैंकहरुमा खाता खोल्न नेपाल राष्ट्र बैंकबाट थप स्वीकृति लिनु नपर्ने भएको छ । केन्द्रीय बैंकले आज परिपत्र जारी गर्दै सरकारी कारोबार गर्न स्वीकृतिप्राप्त वाणिज्य बैंकहरुलाई यो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो । यसअघि राष्ट्र बैंकको अनुमति लिएर मात्रै खाता सञ्चालन गर्न पाइन्थ्यो।

केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशका, २०७६ (दोस्रो संशोधन, २०८१)बमोजिम अब स्थानीय तहअन्तर्गतका समिति, बोर्ड र कोषको ‘ग’ समूहको राष्ट्र बैंकबाट अनुमति प्राप्त वाणिज्य बैंकहरुमा खाता सञ्चालन गर्न थप स्वीकृति लिनु नपर्ने भएको हो।