काठमाडौं – पछिल्लो एक वर्षमा नेपालका बैंक तथा वित्तीय संस्थाहरूको चुक्तापुँजी उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ जेठ मसान्तदेखि २०८२ जेठ मसान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल चुक्तापुँजी ७ अर्ब २१ करोड रुपैयाँले बढेको हो । चुक्तापुँजी बढेर ४ खर्ब ४३ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ।
सो अवधिमा २० वटा वाणिज्य बैंकहरूको मात्रै चुक्तापुँजी ३ खर्ब ८५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा ६ अर्ब ३० करोड रुपैयाँले बढी हो। त्यसैगरी, १७ वटा विकास बैंकहरूको संयुक्त चुक्तापुँजी ४३ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने फाइनान्स कम्पनीहरूको पुँजी १५ अर्ब २७ करोड रुपैयाँ पुगेको छ।
पुँजी वृद्धिसँगै सेवा पहुँच पनि बढेको छ। देशभर बैंक तथा वित्तीय संस्थाको शाखा संख्या हाल ६ हजार ५१८ पुगेको छ। तीमध्ये वाणिज्य बैंकका शाखा ५ हजार ९५, विकास बैंकका १ हजार १३२, र फाइनान्स कम्पनीका २९१ छन्।






About Us
प्रतिक्रिया