काठमाडौं – विभिन्न पदमा कार्यरत आफूखुसी गैरहाजिर भएका २२ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले एक साताभित्र हाजिर हुन निर्देशन दिएको छ। प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज सार्वजनिक सूचना जारी गर्दै गैरहाजिर भएका कर्मचारीलाई एक साताभित्र स्पष्टीकरणसहित हाजिर हुन आग्रह गरेको हो।
गैरहाजिर भएकाहरूमा १ जना प्रहरी सहायक निरीक्षक, १ जना प्राविधिक प्रहरी सहायक हबल्दार, १६ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी रहेका छन्। प्रहरी सहायक निरीक्षकहरू विवेक सायद, देवकी थापा र प्रकाश थारु गत जेठ महिनादेखि सम्पर्कविहीन छन् भने प्राविधिक प्रहरी सहायक हबल्दार नरकुमार ओजी वैशाख ३ गतेदेखि सम्पर्कमा नरहेको सूचनामा उल्लेख छ।प्रहरी प्रधान कार्यालयले गैरहाजिर प्रहरी कर्मचारीको नाम, ठेगाना र दरबन्दी खुलाउँदै सार्वजनिक सूचना निकालेको हो।
त्यस्तै, प्रहरी जवान धन सिंह बुढा, गौतम कुमार पाचेमगर, अर्पण पोख्रेल, युवराज खड्का, सन्दीप विश्वकर्मा, विकास आचार्य, सुजन ओझा, अजित कुमार चौधरी, दिपेन तिवारी, दिलिप कुमार साह, सरोज थापामगर, धिरबहादुर रावत, विष्णु दर्लामी, लालु काफ्ले, दिपराज बुढा र विनोद साह पनि गैरहाजिर रहेका छन्।
यसैगरी, प्रहरी कार्यालय सहयोगी कमलबहादुर माझी र मनबिर सिंह धामी समेत सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालयले नाम ठेगानासहित विवरण सार्वजनिक गर्दै भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खुलाइ सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन आउनु होला, अन्यथा सेवाबाट हटाउने प्रक्रिया अघि बढाइनेछ।’






About Us
प्रतिक्रिया