आज प्रतितोला ११ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार सुनको मूल्य तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको छ ।

यससँगै आज चाँदी २ हजार २९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा २ हजार ३४० रुपैयाँमा किनबेच भएको थियो।