साताको सुन कारोबार: १४ सय रुपैयाँले बढ्यो मूल्य 


काठमाडौं – यो साताको आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो । मूल्य बढेसँगै त्यसदिन प्रतितोला छापावाल सुन १ लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भयो । आइतबार बढेको सुनको मूल्य सोमबार पनि प्रतितोला चार सय रुपैयाँले बढ्दै एक लाख ९३ हजार ७ सय रुपैयाँ पुग्यो । 

आइतबार र सोमबार बढेको सुनको मूल्य मंगलबार पनि बढ्यो । मंगलबार सुन प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भयो । 

यस्तै, मंगलबारको तुलनामा २१ सय रुपैयाँले बढेर बुधबार १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भयो । आइतबारदेखि लगातार बढेको सुनको मूल्य बिहीबार र शुक्रबार भने घट्यो । 

बिहीबार प्रतितोला २४ सय रुपैयाँले घट्दै प्रतितोला सुनको मूल्य १ लाख ९५ हजार २ सयमा ओर्लियो । यस्तै, शुक्रबार तोलामा ५ सय रुपैयाँले घट्दै १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भयो । समग्रमा यो साता सुनको मूल्यमा १४ सय रुपैयाँको वृद्धि देखियो ।