काठमाडौं – राष्ट्रिय जीवन बीमा कम्पनीले बीमा क्षेत्रमै सबैभन्दा सस्तो र भरपर्दो बीमा योजना बेचिरहेको छ । जुन हो, ‘जीवन सुरक्षा सावधिक जीवन बीमा’ । कम्पनीले सुरु गरेको यो योजनाले सबै वर्गका लागि उपयुक्त हुने किसिमको बीमा योजना रहेको छ । यही योजनामा केन्द्रित रहेर कम्पनीका म्यानेजर चुडाराज अघिकारीसँग बैंकिङ्ग समाचारले गरेको कुराकानी सम्पादित अंश:
राष्ट्रिय जीवन बीमा कम्पनीले न्यूनतम लागतमा अधिकतम सुरक्षा र लचिलोपन प्रदान गर्ने हिसाबले ‘जीवन सुरक्षा सावधिक जीवन बीमा’ सुरु गरेको हो । छुट सुविधा, कर्जा सुविधा, दुर्घटना र मृत्यु लाभजस्ता विशेषताहरूले यो योजनालाई बजारमा अन्य योजनाहरूभन्दा आकर्षक बनाउँछ । यो योजनाले सबै वर्ग र मुख्य न्यून आय भएको वर्गका लागि यो योजना सबैभन्दा उपयुक्त रहेको छ ।
योजनाका प्रमुख विशेषताहरू:
न्यूनतम ११ वर्षको उमेरदेखि यो योजना किन्न पाइने व्यवस्था कम्पनीले गरेको छ भने अधिकतम ६५ वर्ष उमेर समूहका व्यक्तिहरूसमेत यो योजनामा प्रवेश गर्न पाउँछन् । न्यूनतम ५ वर्ष अवधि र अधिकतम ५९ वर्ष अवधिका लागि सञ्चालन हुने यो योजना अन्तर्गत कम्पनीले ७० वर्ष उमेरसम्ममा भुक्तानी दिने गर्छ ।
यी सबै विशेषताले यो बीमा योजना सबै उमेर समूहका व्यक्तीलाई बीमाको दायरामा ल्याउनेगरी डिजाइन गरिएको पुष्टी गर्छ । न्यूनतम एक लाख रुपैयाँबाट सुरु गर्न सकिने यो बीमा योजनाको अधिकतम प्रिमियम शुल्क आयस्रोत र व्यक्तीको चाहनाअनुसार समेत निर्धारण गरिन्छ ।
बीमा शुल्क बुझाउँदा २ लाख रुपैयाँसम्म कुनै प्रकारको छुट व्यवस्था कम्पनीले राखेको छैन । यसबाहेक, ५ लाख रुपैयाँसम्मको बीमा शुल्कमा एक हजार रुपैयाँ छुटको व्यवस्था छ भने ५ लाख रुपैयाँभन्दा माथिको बीमा शूलक बुझाउँदा २ हजार रुपैयाँ छुट व्यवस्था गरिएको छ । यता वार्षिकरुपमा भुक्तानी गर्दा २ प्रतिशत र अर्धवाषिर्क रूपमा भुक्तानी गर्दा १ प्रतिशत छुटको व्यवस्था गरेको छ भने अर्धवार्षिक बीमा शुल्क भुक्तानी गर्दा ३ प्रतिशत थप शुल्कको व्यवस्था कम्पनीले गरेको छ ।
विशेष सुविधाहरू:
१६ वर्षमुनिका बीमितः प्रस्तावकको रूपमा बाबु वा आमा हुनुपर्नेछ, र बीमाशुल्क भुक्तानीको दायित्व पनि प्रस्तावकको हुनेछ ।कर्जा सुविधा: बीमालेख प्रारम्भ भएको तीन वर्षपछि समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा लिन सकिन्छ । यो सुविधा बीमालेख चालु रहँदासम्म पटक पटक प्रयोग गर्न सकिन्छ । कर्जाको ब्याजदर कम्पनीको प्रचलनअनुसार लागू हुनेछ । दुर्घटना मृत्यु लाभः प्रति हजार थप बीमाशुल्क तिरेर ५० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा गर्न सकिनेछ ।
यो योजनाले सबै वर्गका लागि तयार गरिएको बीमालेख हो । अहिलेको समयमा जीवन बीमा एकदमै आवश्यक र महत्त्वपूर्ण भइसकेको छ । जीवन बीमा जोखिम बहनको सहजताको लागि गरिने भएपनि हाम्रो जस्तो विकसित देशमा जोखिम वहन मात्र नभएर यो बचतको रूपमा पनि लिन सकिन्छ । बीमितको कुनै कारणल मृत्यु भयो भने उसको आश्रित परिवारले बीमाका लाभ लिन सक्छन् ।
जीवन बीमालाई प्रवर्द्धन गर्नको लागि राष्ट्रिय जीवन बीमा कम्पनीले सबै अभिकर्ताहरूलाई प्रोत्साहन गरेर अघि बढिरहेको छ । जीवन बीमाको मुख्य आधार नै अभिकर्ताहरू हो । नयाँ अभिकर्ताहरूको संख्या बढाएर लक्ष्य बनाएर अघि बढ्ने योजना लिएको छ । र, अर्को सबै सरकारी कार्यलयहरुसँग समन्वय गरेर सबै कर्मचारीको बीमा गराउने कार्यलाई पनि अघि बढाएको कम्पनी बताउँछ ।





About Us
प्रतिक्रिया