काठमाडौं – शुक्रबार नेपालीमा सुनको मूल्य घटेको छ। नेपाल सूनचाँदी व्यवसायी महासंघको तथ्यांकले यस्तो देखाएको हो।नेपाल महासंघले जारी गरेको मूल्य सूचीअनुसार बिहीबारको तुलनामा सुन पाँच सय रूपैयाँले घटेको हो ।
बिहीबार प्रतितोला एक लाख ९५ हजार दुई सयमा कारोबार भइरहेको सुन एक लाख ९४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य भने बढेको छ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २ हजार ३४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।






About Us
प्रतिक्रिया