काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज बिहिबार शेयर बजार एकोहाेरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४ दशमलव ४८ अंकले बढेर २९ सय ८३ दशमलव ३६ को विन्दुमा बन्द भएको छ । आज १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२७ कम्पनीको शेयर मूल्य घटेको छ।
आज ३३८ कम्पनीको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता शेयर किनबेच गर्दा १८ अर्ब ४९ भन्दा माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको ७७ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै, दोस्रोमा ङादी ग्रुपको ७१ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कमाउनेमा ग्रिन भेन्चर कम्पनी रहेको छ । यस कम्पनीले आज १० प्रतिशतका दरले कमाएको छ । त्यस्तै, ट्रेड टावर, सान्भि इनर्जी र श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन का लगानीकर्ता रहेका छन् । यी कम्पनीका लगानीकर्ताहरुले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै मन्जुश्री फाइनान्स लिमिटेड डिभन्चरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव २२ प्रतिशतका दरले गुमाएका हुन् ।






About Us
प्रतिक्रिया