७३ लाख  बिगो भएको बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन । उनलाई काठमाडौं महानगरपालिका– १ कमलपोखरी बस्ने धनुषा मिथिला नगरपालिका– १० घर भएका ४६ वर्षीय सन्तोष पुडासैनीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

उच्च अदालत पाटन ललितपुर समेतबाट विभिन्न मितिमा भएको फैसला बमोजिम ७३ लाख जरिवाना र १ महिना ४ दिन कैद सजाय ठहर भई फरार रहेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका २९ धापाखेलबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरीले जनाएको छ ।